नजरबन्द अन्त्य गर्ने रोनाल्डिन्होको अपील अस्वीकार
काठमाडौं । ब्राजिलका स्टार फुटबलर रोनाल्डिन्होले नजरबन्द समाप्त गर्न गरेको अपीललाई न्यायाधीशले अस्वीकार गरेका छन्। अब रोनाल्डिन्होले पराग्वेको घरमा नजरबन्दमा बस्नुपर्नेछ ।
समाचार एजेन्सी सिन्हुआका अनुसार ४० वर्षीय रोनाल्डिन्हो र उनको जेठो दाइ रोबटेरे एसिस नक्कली राहदानी लिएर दक्षिण अमेरिका प्रवेश गरेको अभियोगमा गत एक महिनादेखि नजरबन्दमा रहेका छन ।
गत अप्रिलमा यी दुई दाजुभाईले १६ लाख डलर तिरे पछि राजधानीको चार तारे होटेलमा नजरबन्दमा राखिएको थियो। स्थानीय मिडियाका अनुसार अपील खारेज भएपछि दुबैलाई अर्को ६ महिनासम्म हिरासतमा बस्नुपर्नेछ।
रोनाल्डिन्हो र उनका भाई मार्च ४ मा बच्चाहरूको चैरिटी मिलान कार्यक्रम र पुस्तक प्रचार कार्यक्रममा भाग लिन पराग्वे आएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment