मलेसियन ओपनमा नेपाललाई थप पदक

डिसी नेपाल
३० असार २०७७ १३:३७
4
Shares

काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीहरुलेले प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा थप २ रजत र १ कांस्य पदक जितेका छन् ।

प्रतियोगिताको अन्तिम दिन आइतबार पुम्सेतर्फ १८–३९ वर्षको उमेर समुहमा पुरुष तर्फ पुष्पप्रसाद गौतम र महिला तर्फ चन्दु शाहीले रजत जितेका छन । त्यस्तै महिला तर्फनै १५–१७ वर्षको उमेर समुहमा अस्मिता नगरकोटीले कांस्य जितिन् । यो सहित प्रतियोगितामा एनटीएका खेलाडीले १ स्वर्ण, ४ रजत र ३ कांस्य जितेको एनटीएका अध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् ।

यसअघि मधु सापकोटाले ४० वर्ष उमेर समुहमा स्वर्ण तथा प्रगति कुइकेलले १३–१४ वर्ष र आयुश बोहराले १५–१७ वर्ष उमेर समुहमा रजत जितेका थिए । १०–१२ वर्ष उमेर समुहमा भिजन तामाङ र यु–९ मा प्रवीण श्रेष्ठले कांस्य पदक हात पारेका थिए । प्रतियोगितामा अध्यक्ष खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.