३१८ वर्ष पुरानो आगँछेँ पुनः निर्माणको शिलान्यास

डिसी नेपाल
३० असार २०७७ २१:४५

भक्तपुर । भक्तपुर नगरपालिका–६ तुछिमलामा अवस्थित ऐतिहासिक (तेलिकोटा झ्याल) भएको आगँछेँको पुनः निर्माणको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज शिलान्यास गरेका छन् । भक्तपुर नगरपालिकाको बजेटमा विश्वकर्मा आगँछेँ (तेलिकोटा झ्याल) पुनः निर्माण उपभोक्ता समितिले रु ९९ लाख ६८ हजार ५२६ को लागतमा निर्माण गर्न लागेको भवनको उनले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा उनले ३१८ वर्ष पुरानो आगँछेँ पुनः निर्माण कार्यको ऐतिहासिक महत्वबारे प्रस्ट पार्दै ऐतिहासिक महत्वका सम्पदा निर्माणमा विदेशीको मुख ताक्नुभन्दा नगरवासीकै पहल आवश्यक भएको बताए । सो अवसरमा भक्तपुर–६ का वडाध्यक्ष हरिराम सुवाल, कार्यपालिका सदस्य रोशनमैयाँ सुवाल, वडासदस्यद्वय गोविन्द दुवाल र सिद्धिराम अवाल लगायतले पुर्खाले छोडेको सम्पदाको संरक्षणमा नयाँ पुस्ताको चासो पनि उत्तिकै रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.