विदेशी विद्यार्थीको भिसा रद्द गर्ने निर्णय ट्रम्प प्रशासनले फिर्ता लियो, विदेशी विद्यार्थीलाई राहत
न्यूयोर्क। ट्रम्प प्रशासनले संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै अनलाइन शिक्षा हासिल गरिरहेका विदेशी विद्यार्थीहरूको भिसा रद्द गर्ने निर्णयलाई फिर्ता लिएको छ। यो जानकारी अमेरिकी अध्यागमन र भन्सार विभागले मंगलबार अदालतमा दिएको थियो। ट्रम्प प्रशासनको यस नयाँ निर्णयबाट ठूलो संख्यामा विद्यार्थीहरूलाई राहत मिलेको छ।
ट्रम्प प्रशासनले गत हप्ता अमेरिकी विश्वविद्यालयबाट शिक्षा हासिल गरिहेका विदेशी विद्यार्थीहरूलाई आफ्नो देश फर्किनु पर्ने निर्णय गरेको थियो। त्यस्ता सबै विद्यार्थीहरूको भिसा रद्द गर्न आदेश दिइएको थियो। जोन हप्किन्स विश्वविद्यालय, हार्वर्ड, एमआईटी (म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी) विश्वविद्यालयहरूले ट्रम्पको निर्णयको बिरूद्ध बुधवार अदालतमा निवेदन दिएका थिए।
अमेरिकी अदालतमा सुनवाईको क्रममा ट्रम्प प्रशासनले यस निर्णयको बारेमा जानकारी गराएको थियो। न्यायाधीश एलिसन बुरोसले सुनुवाइमा भने, “सरकारले आफ्नो पुरानो निर्णयलाई खारेज गरेको छ। पुरानो फैसलाको चलिरहेको कारवाही तत्काल रोक्न सहमति दिएको छ।’
विश्वविद्यालय समुदायलाई एउटा सन्देशमा हार्वर्डका अध्यक्ष लरेन्स एस ब्याकावले भनेका छन्, “ट्रम्प प्रशासनले यो आदेश बिना कुनै सूचना दियो। कलेजहरू र विश्वविद्यालयहरूलाई कक्षा कोठा खोल्न दबाब आइरहेको छ। प्रशिक्षक र अन्यको स्वास्थ्य र सुरक्षाको लागि कुनै चिन्ता छैन।’
अमेरिकामा बसोबास गर्ने विदेशी विद्यार्थीहरूका लागि अमेरिकी सरकारले जुन विद्यार्थीहरूका सबै कक्षा अनलाइन शिफ्ट भएको छ उनीहरु आफ्नो देश फर्किनु पर्ने बताएका थियो यो निर्णयबाट कुल १० लाख विद्यार्थी प्रभावित भएका थिए। अमेरिकामा सबैभन्दा धेरै विद्यार्थी चीनबाट आएका छन्। त्यसपछि भारतीय विद्यार्थीको संख्या उल्लेख्य छ।







डिसी नेपाल








Facebook Comment