पूर्व कप्तान मशरफे मर्तजा कोरोना मुक्त

डिसी नेपाल
३१ असार २०७७ १७:०२
4
Shares

काठमाडौं । बङ्गलादेश क्रिकेटका पूर्व कप्तान मशरफे मर्तजा कोभिड–१९ संक्रमण बाट मुक्त भएका छन । उनकी श्रीमति सुमोना हक भने अझै सङ्क्रमित  रहेकी छिन ।

बङ्गलादेशको सत्तारुढ दल अवामी लिग पार्टीको प्रतिनिधित्व गरी सांसदसमेत भएका मर्तजामा गत जुन २० मा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको थियो । उनले आफ्नो फेसबुक पेजमा सङ्क्रमित भएको बेला आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन । सङ्क्रमणको पुष्टि भएपछि मर्तजा घरमै आइसोलेसनमा बसेका थिए ।

बङ्गलादेश क्रिकेटका दुईजना खेलाडीहरू नफीज इकबाल र नजमल इश्लाम पनि कोरोना सङ्क्रमणबाट मुक्त भएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.