सरकारद्वारा तीनजना सचिबको सरुवा

डिसी नेपाल
५ साउन २०७७ २३:४५

काठमाडौं। सरकारले तीनजना सचिबहरुको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिबहरुको सरुवा गरेको बालुवाटार स्रोतले जनाएको छ। स्रोतका अनुसार बागमती प्रदेशको मुख्य सचिबको जिम्मेवारीमा रहेका सचिब तोयम राया श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको सचिबमा सरुवा गरिएका छन्।

यस्तै पहिलो पटक दलित समूदायबाट सचिब बनेका डा. मानबहादुर विश्कर्माको शिक्षा तथा प्रविधि मन्त्रालयमा पदस्थापना भएको छ। उनी हालै सचिबमा बढुवा भएका थिए। यस्तै गण्डकी प्रदेशको मुख्य सचिबको भूमिकामा रहेका हरि बस्याल सञ्चार तथा सूचना प्रविधिमन्त्रालयमा सरुवा भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.