सेनाका दुई पाइलटको बढुवा, केसी मानार्थ जर्नेल

डिसी नेपाल
६ साउन २०७७ १०:०५
308
Shares

काठमाडौं। नेपाली सेनाका दुई जना पाइलटहरुको पदोन्नति भएको छ। मन्त्रिपरिषद्को साउन ५ गते सोमबारको बैठकले लेफ्टिनेण्ट कर्णेल पदमा जहाज उडाइरहेका दुई पाइलटहरु प्रशान्तबहादुर पाण्डे र सुबास थापालाई फूल कर्णेल अर्थात् प्रथम श्रेणीको अधिकृतस्तरको महासेनानी पदमा बढुवा गर्ने निर्णय गरेको हो।

यसैबीच मन्त्रिपरिषद्को सोही बैठकले सैनिक सेवाबाट अवकाश पाउन लागेका महासेनानी केदार केसीलाई अवकाशपूर्व नै जर्नेल पदमा बढुवा गर्ने निर्णय गरेको छ। तर, उनको बढुवा मानका खातिर मानमात्र हो।

सैनिक सेवाका माध्यमबाट देशलाई योगदान पुर्याएवापत केसीलाई मानार्थ जर्नेलको प्रस्ताव सेनापति पूर्णचन्द्र थापाले रक्षामन्त्रालयसमक्ष गरेका थिए। त्यसैगरी नेपाली सेनाका मेजर यज्ञवहादुर कुंबरलाई पनि मानार्थ लेफ्टिनेण्ट कर्णेल पदमा बढुवा गर्ने निर्णय भएको छ।

लामो समयदेखि नेपाली सेनामा मानार्थ उपाधि दिन रोकिएको थियो। रक्षामन्त्री इश्वर पोख्रेलले नै मनार्थ उपाधि दिने काम नगरिने बताउँदै आएको भए पनि लामो समयपछि केसी र कुंबरलाई अवकाश पाउने बेलामा एक तह मानार्थ पदोन्नति दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.