कोरोना संक्रमितको संख्या १ कराेड ५० लाख बढी
काठमाडौं। विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५० लाख बढी पुगेको छ। वल्र्डोमिटरका अनुसार हालसम्म विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ५० लाख ९१ हजार ८ सय बढी रहेको छ।
हालसम्म ९१ लाख १० हजार २ सय बढी निको भएर घर फर्किएका छन् भने ६ लाख १९ हजार ४ सय १० जनाले ज्यान समेत गुमाइ सकेका छन्। यस्तै, ५३ लाख ६२ हजार २ सय बढी कोरोना संक्रमितको उपचार भइरहेको छ।
कोरोनाबाट सबै भन्दा बढी अमेरिकामा ४० लाख २८ हजार ५ सय बढी कोरोनाका संक्रमित भेटिएका छन्। यस्तै ब्राजिलमा २१ लाख ६६ हजार ५ सय बढी संक्रमित रहेका छन् भने भारतमा ११ लाख ९४ हजार बढी कोरोना संक्रमित रहेका छन्।
यस्तै, अमेरिकामा सबै भन्दा बढी १ लाख ४४ हजार ९ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा ८१ हजार ५ सय ९७ जनाको मृत्य ुभएको छ भने भारतमा २८ हजार ७ सय बढीको मृत्यु भएको छ।







डिसी नेपाल







Facebook Comment