आज साउन ८ गते बिहीबार, कस्ताे छ तपाइँको आजकाे दिन, हेर्नुहाेस् राशिफल

डिसी नेपाल
८ साउन २०७७ ६:४४
8
Shares

आज मिति २०७७ साल श्रावण ८ गते बिहीवार । सन् २०२० जुलाई २३ । प्रमादीनाम सम्वत्सर । सूर्य दक्षिणायन । वर्षा ऋतु । मघा नक्षत्र । चन्द्रमा आज सिंह राशिमा। सूर्याेदय बिहान ५: २३ सूर्यास्त बेलुका ६ ५६ बजे।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  लामाे यात्रकाे सम्भावना रहेकाे छ ।  चिताएको काममा विलम्ब हुन सक्छ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  बेलैमा सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ। अरुकाे भर नपर्दा शुभ हुने छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को ) रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ, सजग रहनुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सहयोग गर्नेहरू कमै भेटिनेछन् । फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। अध्ययनमा पनि पछि परिने समय छ, निकै मेहनत गर्नुपर्ला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  काममा स्थानान्तरण अथवा टाढाको यात्रा हुने सम्भावना छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ ज्ञान प्राप्त हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन होला।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  व्यापारमा राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा उठाउन सकिनेछ। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आर्थिक लाभ हुने कामप्रारम्भ हुन सक्छ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। पहिलेका योजना गोप्य राखेर अघि बढ्नुहोला।

 ज्याेतिष तथा वास्तुविद्  सुरेशचन्द्र रिजाल,  सम्पर्क ९८५१०६११२४ 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.