इरानी यात्रुवाहक विमानलाई अमेरिकी लडाकु विमानले किन घेरा हाल्यो?

डिसी नेपाल
९ साउन २०७७ २१:१४

तेहरान (एजेन्सी)। इरानको एक यात्रुवाहक विमानलाई अमेरिकी लडाकु विमानले घेरा हालेको इरानले जनाएको छ। इरानी सरकारी समाचार एजेन्सी इरिबले एक भिडियो सम्प्रेषण गर्दै अमेरिकी लडाकु विमानले इरानी निजी विमान कम्पनी महान एयरको विमानलाई सिरियाको हवाई क्षेत्रमा घेरा हालेको जनाएको छ।

तर, अमेरिकी सेनाले इरानी यात्रुवाहक विमानसँग सुरक्षित दुरीमा अमेरिकी लडाकु विमान उडेको र त्यो उडान नियमित भएको जनाएको छ। इरानको तेहरानबाट बेरुतका लागि उडेको सो विमान बेरुतमै आकस्मिक अवतरण गरिएको बीबीसीले जनाएको छ। बीबीसीका अनुसार इरानी समाचार एजेन्सीले सार्वजनिक गरेको भिडियोमा विमान भित्रका एकजना यात्रुको नाकबाट रगत बगेको देखिएको र विमानको झ्यालबाट लडाकु विमान देखिएको बताइएको छ।

इरानी समाचार एजेन्सीले अमेरिकी लडाकु विमानले घेरा हालेपछि इरानी विमानले आकस्मिक रुपमा उँचाई घटाउनु परेको र सोक्रममा केही यात्रु घाइते भएको जनाएको छ। सो विमान बेरुतबाट इरान फर्किसकेको जनाइएको छ। इरानी निजी विमान कम्पनी महान एयरमाथि अमेरिका तथा युरोपेली मुलुकले प्रतिबन्ध लगाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *