लामखुट्टेले मानिसको रगत किन पिउँछ ? वैज्ञानिकले खोजे कारण

डिसी नेपाल
१० साउन २०७७ ८:४९

काठमाडौं। लामखुट्टेले टोकेर मानिसको रगत चुसेको त हामीले देखेकै छौं । तर, लामखुट्टेले मानिसको रगत किन पिउँछ भन्नेबारे वैज्ञानिक रुपमा अहिलेसम्म कुनै तथ्य पत्ता लागेको थिएन । अहिले भने वैज्ञानिकहरुले यसको पछाडिको कारण खोजेका छन् । वैज्ञानिकहरुले यसको कारण खोज्ने क्रममा जे पत्ता लगाए त्यसले वैज्ञानिकहरु नै चकित परेका थिए । कारणले हामीलाई पनि आश्चर्यमा पार्छ ।

खासमा पृथ्वीमा प्राणीहरुको विकासक्रमको सुरुवातमा लामखुट्टेहरुले मानिस वा अन्य जनावरको रगत पिउँदैनथे । उनीहरुमा समयक्रमसँगै परिवर्तन आएर उनीहरुले रगत पिउन थालेका हुन् । लामखुट्टेहरु सुख्खा क्षेत्रमा रहने भएका कारण उनीहरुले प्राणीको रगत पिउन सुरु गरेका थिए । मौसम सुख्खा भएर लामखुट्टेहरुले प्रजननका लागि पानी नपाएको अवस्थामा उनीहरु मानिस वा अन्य प्राणीको रगत पिउँछन् किनकि लामखुट्टेलाई प्रजननको लागि चिसोपना आवश्यक पर्छ । भाले लामखुट्टेले प्राणीको रगत नचुस्ने र पोथीले मात्र चुस्ने कारण पनि यही हो ।

अमेरिकाको न्यूजर्सीस्थित प्रिन्सटन युनिभर्सिटीका वैज्ञानिकहरुले अफ्रिकाको एडिस एजिप्टी प्रजातिको लामखुट्टेको अध्ययन गरेका थिए । यी तिनै लामखुट्टे हुन् जसका कारण जीका भाइरस फैलिन्छ । यिनै लामखुट्टेकै कारण डेंगु र जण्डिस हुन्छ । न्यू साइन्टिस्ट म्यागजिनको अनलाइनमा प्रकाशित रिपोर्ट अनुसार अफ्रिकामा एडिस एजिप्टी लामखुट्टेका कैयौं प्रजाति छन् । सबै प्रजातिका लामखुट्टेले रगत पिउँदैनन् । यिनीहरु अन्य कुराहरु खाएर बाँच्छन् ।

प्रिन्सटन युनिभर्सिटीकी अनुसन्धानकर्ता नोआह रोज भन्छिन् ‘कसैले अहिलेसम्म लामखुट्टेका विभिन्न प्रजातिको खानपानको विषयमा अध्ययन गरेको छैन । हामीले अफ्रिकाको सब–साहारा क्षेत्रको २७ स्थानबाट एडिस एजिप्टी लामखुट्टेका अण्डा लियौं । अण्डाबाट लामखुट्टे निस्किन दियौं । त्यसपछि उनीहरुलाई मानिस, अन्य जीव, गिनीपिग जस्तामाथि ल्याबमा बन्द डिब्बाहरुमा छोडिदियौं ताकि उनीहरुको रगत पिउने प्याटर्न बुझ्न सकियोस् ।’

अध्ययनमा एडिस एजिप्टी लामखुट्टेका फरक–फरक प्रजातिहरुको खानपान निकै फरक पाइयो । नोआह भन्छिन् ‘यो कुरा एकदमै गलत प्रमाणित भयो कि सबै लामखुट्टेहरु रगत पिउँछन् । जुन क्षेत्रमा सुख्खा वा गर्मी हुन्छ, पानी कम हुन्छ त्यहाँ लामखुट्टेहरुलाई प्रजननको लागि चिसोपनाको आवश्यकता पर्छ । पानीको कमीको पूर्ति गर्न लामखुट्टेहरु मानिस वा अन्य जीवको रगत पिउन सुरु गर्छन् ।’

लामखुट्टेहरुमा यो परिवर्तन हजारौं वर्षमा आएको हो । एडिस एजिप्टी लामखुट्टेहरुमा खास कुरा यो थियो कि बढिरहेका शहरहरुका कारण उनीहरु पानीको अभावसँग जुध्न थाले । त्यसपछि मात्र उनीहरुलाई मानिसको रगत पिउने आवश्यकता पर्न थाल्यो । तर जहाँ मानिसहरु पानी जम्मा गरेर राख्छन् त्यहाँ एनोफिलिस लामखुट्टेहरुलाई कुनै समस्या हुँदेन । यिनीहरु आफ्नो प्रजनन कूलर, गमला, क्यारीजस्ता ठाउँमा गर्छन् । तर, जब पानीको कमी महसुस हुन्छ यिनीहरुले तत्कालै मानिस वा अन्य जीवहरुमाथि रगत पिउनको लागि आक्रमण गर्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.