तेस्रो टेष्टको पहिलो पारीमा इंग्ल्याण्डद्वारा ३६९ रनको औसत योगफल तयार

डिसी नेपाल
१० साउन २०७७ २१:०७

काठमाडौं । तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले अर्धशतकीय पारी खेलेपछि इंग्ल्याण्डले वेष्ट इन्डिजविरुद्धको तेस्रो टेष्टको पहिलो पारीमा ३६९ रनको औसत योगफल तयार गरेको छ । ब्रोडले मात्र ४५ बलको सामना गर्दै ६२ रनको योगदान दिए । उनले ३३ बलको सामना गर्दै अर्धशतक बनाए । टेष्ट क्रिकेटमा यो पाँचौँ सबैभन्दा तेज अर्धशतक हो ।

चार विकेटको क्षतिमा २५८ रनबाट तेस्रो, अन्तिम तथा निर्णायक टेष्टको दोस्रो दिनको खेल अगाडि बढाएको इङ्ग्ल्याण्डले पहिलो पारीमा ३६९ रनको औसत योगफल तयार गरेको छ । इङ्ग्ल्याण्डको पारीमा ओपनर रोरी बन्र्सले ५७ तथा जोस बटलरले ६७ रनको योगदान दिए । ओली पोप ९१ रनको व्यक्तिगत योगफलमा पेभेलियन फर्किनुअघि बटलरसँग पाँचौँ विकेटका लागि महत्त्वपूर्ण १४० रनको साझेदारी गरे ।

वेष्ट इन्डिजका लागि केमार रोचले सर्वाधिक चार तथा शैनन गेब्रिल र रोष्टन चेजले सामान दुई–दुई तथा जैसन होल्डरले एक विकेट लिए । वेष्टइन्डिजले शनिबार नै आफ्नो पहिलो पारी सुरु गरेको छ । यो समाचार तयार पार्दा सम्म वेष्टइन्डिजले आफ्नो प्रमुख ४ विकेट गुमाएर ६१ रनमा खेलिरहेको छ ।

पहिलो टेष्ट म्याच पाहुना टोली वेष्टइन्डिजले जितेको थियो भने दोस्रोमा घरेलु टोली इङ्ग्ल्याण्डले वापसी गर्दै जित हात पारेर तीन म्याचको श्रृङ्खला १–१ मा ल्याएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.