ईङल्यान्ड वेस्टईन्डज टेस्ट : खराब प्रकाशको कारण दोस्रो दिनको खेल चाँडै समाप्त

डिसी नेपाल
११ साउन २०७७ ९:५८
4
Shares

काठमाडौं । म्यान्चेस्टरमा जारी इङल्यान्ड र वेस्टइन्डिजको बिच भईरहेको टेस्ट श्रृंखला अन्तर्गतको अन्तिम खेलको दोस्रो दिन खराब प्रकाशको कारण खेल चाँडै समाप्त भएको छ। खेलमा वेस्टइन्डिज पहिलो इनिङमा ६ विकेट गुमाउँदै १३७ रन बनाएको छ। यस अघि इङल्यान्ड टोली पहिलो इनिमा ३६९ रनमा अलआउट भएको थियो । खेलमा ईङल्यान्ड टोलीले २३२ रनको अग्रता बटुलेको छ। पहिलो इनिङमा वेस्टइन्डिजका कप्तान जेसन होल्डर २४ र शेन दौरीच १० रनमा अविजित रहेका छन्। खेलमा वेस्टइन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

वेस्टइन्डिजका शाई होप (१७) र शमरा ब्रुक्स (४) लाई जोस बटलरको हातमा जेम्स एन्डरसनले क्याच आउट गराएका थिए। जेर्मेन ब्ल्याकवुडलाई क्रिस वोक्सले २६ रनमा बोल्ड गरे। यसअघि जोन क्याम्पबेल ३२ रनमा ओर्चरको बलमा आउट भए। उनी रोरी बर्न्सको हातबाट क्याच भए । स्टुअर्ट ब्रॉडले क्याग ब्रेथवेटलाई १ रनमै जो रुटको क्याच आउट गरे।

इङल्यान्डका लागि पहिलो इनिङमा ओली पोपले ९१, जोस बटलरले ६७, स्टुअर्ट ब्रॉडले ६२ र रोरी बर्न्सले ५७ रन बनाए । ब्रोडको टेस्ट क्यारियरको यो १३ औं अर्धसतक थियो। उनले बेससँग ९ औं विकेटका लागि ७६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

जेम्स एन्डरसनले होप र ब्रूक्सको विकेट लिएर नयनँ रेकर्ड बनाए। उनी वेस्टइन्डिज बिरूद्धको खेलमा सबैभन्दा बढी ८७ विकेट लिने ईङल्यान्डका पहिलो बलर बनेका छन्। यो भन्दा पहिले फ्रेड ट्रूमनले ८६ विकेट लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.