दक्षिण अफ्रीका महिला क्रिकेट टोलीका तीन सदस्यहरू कोविड–१९ बाट संक्रमित

डिसी नेपाल
११ साउन २०७७ १०:२६
4
Shares

काठमाडौं । दक्षिण अफ्रिकी महिला क्रिकेट टीमको प्रस्तावित इङल्यान्ड भ्रमणको लागि अभ्यास शिविर हुनु अघि तीन जना सदस्यलाई कोरोना भाइरस संक्रमित भेटिएको छ। क्रिकेट दक्षिण अफ्रीका (सीएसए) ले एक सहयोगी सदस्य सहित तीनवटै खेलाडीहरुलाई शिविरबाट अलग गरेको छ। शिविर २७ जुलाई देखि प्रिटोरियामा शुरू हुनेछ।

सीएसएबाट जारी विज्ञप्ति अनुसार, तीन खेलाडीहरु परीक्षणको क्रममा संक्रमित भएको पुष्टि भएको छ । खेलाडीहरू र सहयोगी सदस्यहरू पोजेटिभ फेला परेकाले १० दिनसम्म अलग्गै रहनेछन् र अभ्यास शिविरहरूमा भाग लिने छैनन। टोलीका खेलाडीहरू र सहयोगी सदस्यहरूले एक अर्को परीक्षण गर्नुपर्नेछ। दक्षिण अफ्रिका महिला टीमको इङल्यान्ड भ्रमण सेप्टेम्बरमा प्रस्तावित रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.