आईसीसीले पुरुष विश्व कप क्रिकेट सुपर लिग शुरू गर्ने
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार आईसीसी पुरुष क्रिकेट विश्व कप सुपर लिगको घोषणा गरेको छ। लिग साउथेम्प्टनमा जुलाई ३० बाट सुरू हुँदैछ । सुपर लिगको सुरुवात विश्व च्याम्पियन इङल्यान्ड र आयरल्यान्डको बीचको एकदिवसीय श्रृंखलाबाट शुरूवात हुनेछ। १३ टिमको सहभागिता रहने प्रतियोगितामा १२ टेष्ट राष्ट्र र नेदरल्याण्ड्सको सहभागिता रहनेछ । प्रतियोगिता होम एण्ड अवेका आधारमा तीन खेलको चार चार सिरिजको हुनेछ ।
सुपर लिगले आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ को यात्रा तय गर्नेछ। लिगको शीर्ष सातमा पर्ने टोलीले भारतमा हुने पुरुष क्रिकेट विश्वकप २०२३ प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्नेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment