नेपाल तेक्वान्दो संघद्वारा पदाधिकारी तथा सदस्यहरुलाई विदाई

डिसी नेपाल
१२ साउन २०७७ १६:३२

काठमाडौं । नेपाल तेक्वान्दो संघले सोमवार ललितपुर सातदोबाटो स्थित संघको केन्दिय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच केन्द्रिय कार्य समितिको विभिन्न पदमा रहेका पदाधिकारी तथा सदस्यहरुलाई विदाई गरेको छ । विदाई गरेका सबै पदाधिकारीहरु राष्ट्रिय खेलकुद परिषदमा कार्यरत् कर्मचारीहरु हुन । नेपाल सरकार द्वारा जारि गरिएको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा व्यवस्था भए बमोजिम राष्ट्रिय खेलकुद परिषदका कर्मचारीहरु खेल संघका कुनै पनि पदमा नरहने प्रावधान अनुसार निजहरुले उक्त ऐनको सम्मान र पालना गर्दै आ–आफ्नो पदबाट राजिनामा दिएकाले सो राजीनामा स्वीकृती गरी संघ द्वारा विदाई गरिएको हो ।

कार्यक्रममा नेपाल तेक्वान्दो संघका माहासचिव दीपराज गुरुङ्गले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकास र संस्थागत हितका लागी पुर्याएको भुमिका र योगदानका लागी धन्यवाद व्यक्त गरे । माहासचिव गुरुङ्गले तेक्वान्दो परिवारका पदाधिकारीहरुलाई विदाई गर्नुपर्दा आफुलाई दुखः लागेको तथा सबै प्रशिक्षकहरुको योग्यता र क्षमतालाई संघले उच्च सम्मान गर्ने र आगामी दिनमा सबै मिलेर तेक्वान्दो खेल र संस्थाको विकासका लागी सहयोग पुर्याउन आग्रह गरे । कार्यक्रममा संघका अध्यक्ष प्रकाश शम्शेर राणाले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै भविश्यमा पनि यस्तै प्रकारको योगदानका लागी अनुरोध गर्दै धन्यवाद व्यक्त गरे । कार्र्यक्रममा नविन कुमार श्रेष्ठ, दिपक विष्ट, सुमन कुमार घले, टिका प्रसाद लिम्बु, संगिना वैद्य, नोर्बु लामा, हेमन्त डाँगी, श्रीमान थापा मगर, पूर्ण योञ्जन, कविराज खड्गी, हिरा बहादुर थापा र मिन न्यौपानेलाई विदाई गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.