इरान सरकारका प्रवक्ता पनि कोरोनाभाइरसबाट सङ्क्रमित

डिसी नेपाल
१२ साउन २०७७ २३:०१

तेहरान (रासस/सिन्ह्वा)। इरान सरकारका प्रवक्ता अलि रबिलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनले नियमित साप्ताहिक पत्रकार सम्मेलन समेत स्थगित गरेका छन्।

उहाँलाई थप उपचारका लागि अस्पताल लगिएकाले पनि पत्रकार सम्मेलन हुन नसकेको अधिकारीहरुले जनाएका छन् ।

प्रवक्ता रबि कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले पुष्टि गरेको इरानको सरकारी सञ्चार संस्था आइआरएनएले सोमबार जनाएको छ ।

उहाँको उपचारमा संलग्न चिकित्सकहरुले उहाँको अवस्था सन्तोषजनक नै रहेको जानकारी दिएका छन् । उनीहरुले उनलाई सङ्क्रमण भएपनि खतरा भने नरहेको स्पष्ट पारेका छन् ।

इरानमा गत फेब्रुअरीको १९ तारिखदेखि अहिलेसम्म कोरोनाभाइरसबाट दर्जनौ राजनीतिज्ञहरु सङ्क्रमित भएका छन् ।

सोमबारसम्म इरानमा कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ९३ हजार ६०६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी कोरोनाभाइरसकै कारण इरानमा अहिलेसम्म १५ हजार ९१२ जनाको मृत्यु भएको पनि सरकारी तथ्याङ्क छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *