राष्ट्रपति ट्रम्पका सुरक्षा सल्लाहाकार कोरोना संक्रमित

डिसी नेपाल
१२ साउन २०७७ २३:१०

वाशिङगटन (एजेन्सी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एकजना सल्लाहाकार कोरोना संक्रमित भएका छन्। अमेरिकी सञ्चार माध्यमहरुका अनुसार राष्ट्रपति ट्रम्पका राष्ट्रि सुरक्षा सल्लाहाकार रोबर्ट ओब्राइन कोरोना संक्रमित भएका हुन्।

अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसको हवला दिँदै अमेरिकी सञ्चार माध्यमहरुले ओब्राइन कोरोना संक्रमित भएको जनाएका छन्।

ओब्राइन कोरोना संक्रमित हुने व्हाइट हाउसका सबैभन्दा वरिष्ठ अधिकारी हुन्। विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित नै अमेरिकामा छन्। अमेरिकामा हालसम्म ४३ लाख ९६ हजार ४ सय ७ जना कोरोना संक्रमित भएका छन्। यस्तै एकलाख पचार हजारको मृत्यु भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *