सिपिएलको खेल तालिका सार्वजनिक

डिसी नेपाल
१३ साउन २०७७ १०:१८

काठमाडौं । क्यारेवियन प्रिमियर लिग (सिपिएल)को खेल तालिका सार्वजनिक भएको छ । अगस्ट १८ बाट सुरुहुने खेलको फाईनल सेप्टेम्बर १० मा खेलिनेछ ।

सिपिएलमा यसपटक २४ दिनमा ६ टिमहरुले कुल ३३ खेलहरु खेल्नेछन । खेलहरु त्रिनिदाद एण्ड टोबेगो र टारौबा स्टेडियममा हुनेछ भने २३ खेल सहित सेमिफाईनल र फाईनल ब्रायन लारा क्रिकेट एकेडमीमा खेलिने छ । बाकि १० खेलहरु पोर्ट अफ स्पेन स्थित क्विन्स पार्क ओभलमा हुनेछ ।

प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछ । पहिलो खेल पछिल्लो पटकको रनरअप टोली गुयाना अमेजन वरिर्यस र त्रिबांगो नाइट राइडर्स बिच हुनेछ । दोस्रो खेल डिफेन्डिङ च्याम्पियन बारबाडोस त्रिडेंट्स र किट्स एंड नेविस पेट्रयोट्स बिच हुनेछ । नेपाली खेलाडी सन्दिप लामिछानेको टिम जमैका तलावाजले पहिलो खेल अगस्ट १९ मा सेन्ट लुसियासँग खेल्ने भएको छ । कोरोनाका कारण यस पटक खेलहरु बिना दर्शक खालि स्टेडियममा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.