श्रीलंकामा लंका प्रिमियर लिग हुने

डिसी नेपाल
१३ साउन २०७७ १२:०६

काठमाडौं । श्रीलंका क्रिकेट बोर्डले टि–२० लिग फरम्याटमा लंका प्रिमियर लिग आयोजना गर्ने भएको छ । जानकारी अनुसार लिगको पहिलो सिजन २८ अगस्ट देखी २० सेपटेम्बर सम्म हुने सम्भावाना रहेको छ ।

श्रीलंका क्रिकेट बोर्डका अनुसार लिगको कुल २३ खेलहरु आर प्रेमदासा अन्तराष्ट्रिय क्रिकेट स्टेडियम, रंगीरी डंबुलु अन्तराष्ट्रिय क्रिकेट स्टेडियम, पल्लेकेले अन्तराष्ट्रिय क्रिकेट स्टेडियम र सुरियावा महिंदा राजपक्षे अन्तराष्ट्रिय क्रिकेट स्टेडियम सहित चार अन्य अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा खेलिनेछ ।

प्रतियोगितामा कुल पाच टिमले सहभागिता जनाउने छ । टिमका नामहरु बिभिन्न पाच शहरहरु कोलम्बो, कैन्डी, गैली, दान्बुला र जाफना राखिनेछ । प्रतियोगितामा श्रीलंकाका उत्कृष्ट खेलाडीहरु सहित ७० विदेशी खेलाडीहरु र १० अनुभवी कोचहरुले सहभागिता जनाउने छन । जुलाई ३० मा प्रतियोगिताको लागि खेलाडीहरुको लिलामी हुने बताईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.