पाकिस्तानमा सशस्त्र झडप, पाँच प्रहरीसहित सातको मृत्यु
इस्लामावाद (रासस/सिन्ह्वा)। पाकिस्तानको उत्तरी क्षेत्र गिलगित बाल्टिस्तानमा भएको सशस्त्र झडपमा पाँच प्रहरीसहित सात जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
मङ्गलबार बिहानै दिमर जिल्लाको रोनाई क्षेत्रमा प्रहरीले सूचनाका आधारमा आपराधिक समूहका केही व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरिएको पाकिस्तानी अधिकारीले बताएका छन् ।
घटनामा अन्य सुरक्षाकर्मी पनि घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । घटनास्थलमा तत्कालै प्रहरीको अर्को टोली खटाई मृतक सुरक्षाकर्मी र अन्य दुई सर्वसाधारण शवलाई अस्पताल पुर्याइएको थियो ।
उक्त क्षेत्रलाई घेरा हाली प्रहरीले आक्रमणकारी समूहको खोजी गरिरहेको बताइएको छ । यद्यपि आक्रमणकारी घटनास्थलबाट भागेकोले समाचार तयार पार्दासम्म आक्रमणकारीलाई सुरक्षाकर्मीले पक्राउ गर्न नसकेको बताइएको छ ।
घटनाको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन ।







डिसी नेपाल







Facebook Comment