पत्रकार बलराम प्यासीको सातौं गीत ‘कोरोना र लकडाउन…’

डिसी नेपाल
१५ साउन २०७७ २१:४७

काठमाडौं। २०७२ सालको राष्ट्रिय वालदिवसको अवसरमा पहिलोपटक वालगीत लेखेर गायनतर्फ पहिलो पुरस्कार जित्न सफल पत्रकार बलराम प्यासी अनायासै गीतकार बन्न पुगे ।

नेपालभरीका ३६ प्रतिष्पर्धीलाई उछिनेर उनले लेखेको गीत गाएर ८ वर्षीया वालगायीका समृद्धि परियार पहिलो भएर नगद १५ हजार जितिन्।

त्यसपछि पत्रकारबाट गीतकारको पहिचान बनाउने उनको पाइला अघि बढ्न थाल्यो। ५ वर्षको अन्तरालमा उनले लेखेका ७ वटा गीतमध्ये ५ वटा गीत अहिले स्रोताहरुले सुन्दै आएका छन् भने तस्वीरसहतिको केही भिडियो हेर्दै पनि आएका छन्।

विश्वव्यापी महामारी कोरोना (कोभिड १९) गत चैतमा नेपालमा भित्रिएपछि सरकारले ११ चैतदेखि नेपालभर वन्दावन्दी अर्थात लकडाउन लगायो। एक त कोरोनाको त्रास त्यसमाथि घर वाहिर निस्किन नमिल्ने गरि गरिएको लकडाउनले गर्दा सर्वसाधारणको दैनिकी डामाडोल भया । कतिको जागीर गयो, कतिको कमाई। घर भित्र बसेर खाएर मात्र बस्दा शून्य कमाई खर्च धेरै भएर घर चलाउन गाह्रो मात्रै भएन, बाहिर निस्किँदा कोरोनाको त्रासले सबैलाई सताइरह्यो। ४ महिना लामो लकडाउन खुलेर जनजीवन केही सहज भए पनि कोरोनाको डर भने अहिलेसम्म ज्यूँकात्यूँ छ। धेरैको कमाई शुरु भइसकेको छैन।

यसै सन्दर्भ पारेर पत्रकार एवम् गीतकार बलराम प्यासीले नयाँगीत लेखे। यो उनको सातौं गीत हो।

किनमेल गर्न गएको बजार

पर्स खोल्दा त भेटिन हजार
पैसापुगेन माया, पैसा पुगेन
लकडाउनले गर्दाखेरी कमाई भएन
महंगीनि’ बढेपछि घरै चलेन ।

कोरोनाआउनु अघिसम्म राम्रैथ्यो
लकडाउनले गर्दाखेरी डामाडोल भो
कमाईपनिगयो माया,जागीर पनिगो
शुन्यकमाई, खर्च धेरै, घर चलाउननिक्कै गाहे भो …..

वरिष्ठ संगीतकार वालन्द राईद्वारा संगीतवद्व एवम् स्वर दिइएको लोक भाकाको उक्त आधुनिक गीत याकुव राईले संगीत संयोजन गरेका हुन् भने पुल्चोकस्थित संगीत सागर स्टुडियोमा रेकर्ड गरिएको हो।

यसअघि वरिष्ठ संगीतकार वालन्द राईकै संगीत तथा वरिष्ठ संगीत संयोजक सचिन सिंहको संगीत संयोजनमा वालन्द राई र पार्वती राईको स्वरमा गीतकार प्यासीले रचना गरेको कृषि गीत ‘म त हिँडे मेला र पर्ममा, धानै रोप्न असारै महिनामा’ रेकर्ड भएर रेडियो नेपालको कृषि कार्यक्रम र रेडियो कान्तिपुरमा बज्दै आएको छ।

यसैगरि वालन्द राईकै संगीतमा वरिष्ठ संगीत संयोजक सचिन सिंहको संगीत संयोजनमा वालन्द राई र सचिन सिंहको स्वरमा प्यासीले आफू केटाकेटी छँदा देखेका र खेलेका कुराहरु सम्झेर रचना गरेको गीत ‘कता गयो खोपी खेल, कता गयो गुच्चा, यो दुनियाँ स्वार्थी भयो, मान्छे भए छुच्चा’ रेकर्ड भएर रेडियो नेपालमा बज्न थालेको एकवर्ष भइसकेको छ।

यसको अलावा पत्रकार प्यासीले रचना गरेको र गोपाल अधिकारीको संगीत रहेको ‘साँची म मर्दा को को रोलान’ वियोगान्त गीत चर्चित गायक रामकृष्ण ढकालले गाएका थिए। सामुदायिक प्रहरीबारे लेखेको गीत र ‘निदाउने आधार तिमी हौ प्रिय’ वोलको गीत रेकर्डिङ्गको प्रक्रियामा रहेको गीतकार एवम् पत्रकार प्यासीले बताए ।
कृषक, समाजसेवी र पत्रकारपछि गीतकारको रुपमा प्यासीले समाजमा आफ्नो छवि कायम गर्न सफल भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.