पाकिस्तानी सेनाको आक्रमणबाट १५ अफगानी नागरिकको मृत्यु, सिमानामा तनाव
काठमाडौं । पाकिस्तानी सेनाले गरेको गोलीबारीमा कम्तीमा १५ जना अफगानी नागरिकको मृत्यु भएको छ। यस्तै उक्त आक्रमणमा ८० जना घाइते भएको अफगानी अधिकारीहरुले जनाएका छन्।
पाकिस्तानी सेनाको आक्रमणको कारण अफगानीस्तानले आफ्ना आर्मी र एयरफोर्सलाई हाई अलर्ट गरेको छ। समाचार एजेन्सी रायटर्सका अनुसार चमन–स्पिन बोलडाक सिमा चौकीमा पाकिस्तान र अफगानिस्तानका सुरक्षाकर्मीबीच झडप भएपछि गोलीबारीको घटना भएको थियो । बकरइदको अवसरमा उक्त सिमा चौकीमा अधिक संख्यामा मानिसहरुले सिमाना पार गर्न चाहेका थिए।
अफगानिस्तानको रक्षा मन्त्रालयले एक बयान जारी गर्दै पाकिस्तानी सेनाले आफ्नो ईलाकामा रकेट हमला गर्न बन्द नगरेमा अफगानी सेनाले पलटवार गर्ने बताएको छ। पाकिस्तानी विदेश मन्त्रालय र सैनिक प्रशासनले उक्त घटनामा कुनै प्रतिक्रिया दिएका छैनन्।







डिसी नेपाल







Facebook Comment