विश्वभर कोरोना : १ करोड ८२ लाख संक्रमित, करिव ७ लाखले ज्यान गुमाए
काठमाडौं। कोरोनाका कारण विश्वभर करिव ७ लाख मानिसहरुले ज्यान गुमाई सकेका छन्। एक तथ्याङ्कका अनुसार विश्वका शक्तिशाली देशहरुमा कोरोनाको प्रभाव एकदमै उच्च देखिएको छ र मृत्यु हुनेको संख्या पनि उच्च रहेको छ।
तथ्याङ्कका अनुसार हालसम्म ६ लाख ९२ हजार ६ सय बढीले कोरोनाका कारण विश्वभर ज्यान गुमाएका छन्। सबै भन्दा बढी अमेरिकामा १ लाख ५८ हजार ३ सय बढीले कोरोनाका कारण ज्यान गुमाएका छन्। ४८ लाख १३ हजार संक्रमित भएको अमेरिकामा २३ लाख ८० हजार बढी कोरोना संक्रमण मुक्त भएको तथ्याङ्कमा उल्लेख गरिएको छ।
अमेरिकापछि कोरोनाका कारण मृत्यु हुनेको संख्या बढी भएको देश को ब्राजिल। कुल २७ लाख ३३ हजार मानिसलाई प्रत्यक्ष असर पारेको कोरोनाले ब्राजिलका ९४ हजार १ सय बढीको ज्यान लिएको छ। हालसम्म १८ लाख ८४ हजार बढी कोरोनाका संक्रमितहरु संक्रमण मुक्त भएका छन्।
यस्तै, संक्रमितको संख्याका हिसाबले तेस्रो नम्बरमा भारत देखिए पनि कोरोनाका कारणले मृत्यु हुनेमा अमेरिका र ब्राजिल पनि मेक्सिको आएको छ। ४ लाख ३९ हजार बढी संक्रमित भएको मेक्सिकोमा ४७ हजार ७ सय बढीले ज्यान गुमाएका छन यस्तै, २ लाख ८९ हजार ३ सय बढी संक्रमितहरु संक्रमण मुक्त भएका छन्।
भारतमा हालसम्म १८ लाख ४ हजार ७ सय बढीमा कोरोनाको संक्रमण देखिएको छ। ३८ हजार १ सय बढीको मृत्यु भएको छ भने ११ लाख ८७ हजार २ सय बढी संक्रमितहरु संक्रमण मुक्त भएका छन्।
गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोनाको प्रभाव चीनमा भने कम परेको छ। अन्य देशहरुमा संक्रमितको संख्या थपिरहेका बेला चीनमा भने हालसम्म नै ८४ हजार ३ सय बढी संक्रमित फेला परेका थिए। ४ हजार ६ सय बढीले ज्यान गुमाए भने ७९ हजार बढी संक्रमण मुक्त भइसकेका छन्।
दुईसय भन्दा बढी देशमा फैलिएको कोरोनाका कारण नेपालमा पनि ५७ जनाले ज्यान गुमाई सकेका छन्। २० हजार ३ सय बढी संक्रमित भएको नेपालमा १४ हजार ६ सय बढी संक्रमण मुक्त भएको तथ्याङ्कले जनाएको छ।







डिसी नेपाल








Facebook Comment