जमैकाको स्पिन आक्रमणको नेतृत्व सन्दीपले गर्ने !

डिसी नेपाल
२१ साउन २०७७ १३:०१

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) को पहिलो सिजनसंगै अन्य दुई सिजनको उपाधि जितेको जमैका तल्लावाहले यो सिजनमा आफ्नो पहिलो खेल सेन्ट लुसियासंग खेल्दैछ ।

रोभम्यान पावेलको नेतृत्वमा जमैकन टोलीले गत सिजनको भन्दा यसपटक आफ्नो प्रदर्शनमा सुधार ल्याउने अपेक्षा गरिएको छ । गत सिजनमा जमैकन टोलीले सोचेअनुरुप प्रदर्शन गर्न नसक्दा अंक तालिकामा तल रहेको थियो ।

पाँच खेलाडी (रोभम्यान पावेल, आन्द्रे रसेल, चाडविक वाल्टेन, ओशेन थोमस र ग्लेन फिलिप्स) मात्र रिटेन गरेको जमैकाले तवरेज शम्सीलाई अनुबन्धन गरेपनि उनको यात्रा टुङ्गो नहुदा उपस्थित हुने सम्भावना न्युन छ । जमैकाले १२ खेलाडीहरु ड्राफ्ट बाट अनुबन्धन गरेको थियो ।

जमैकाको बलियो र कमजोर पक्ष

जमैकाको टप अडरमा फिलिप्स, वालटोन र वोनर रहेका छन । क्रिस गेलको ठाँउमा वालटनले ओपनिङ गर्ने छन । हुनत वोनरसंग टि २० को खासै ठुलो रेकर्ड नभएपनि उनको अनुभवलाई जमैकाले उपयुक्त ठाँउमा उपयोग गर्ने देखिन्छ ।

जमैकाको मध्यक्रम बलियो रहेको छ । मध्यक्रममा रोभम्यान पावेल, आन्द्रे रसेल, कार्लोस ब्रेथवेट र असिफ अली रहेका छन ।

तल्लो क्रमको ब्याटिङको कुरा गर्दा जमैका अन्य टोली भन्दा कमजोर छ । किनभने जमैकन टोलीसंग ब्याटिङ ब्याकअप छैन । सातौं नम्बर देखी जमैकन टोली ब्याटिङमा कमजोर रहेको देखिन्छ ।

तवरेज शम्सीको अनुपस्थितिमा जमैकाले कसलाई अनुबन्धन गर्ने भनेर घोषणा नगर्दा स्पिन बलिङको नेतृत्व सन्दीप वा परमलले गर्ने सम्भावना प्रबल रहेको छ । त्यस्तै वोनरलाई पनि पार्ट टाईम अफ स्पिन बलरको रुपमा हेरिएको छ ।

तिव्र गतिका बलरमा जमैकामा ओशेन थोमस, आन्द्रे रसेल, कार्लोस ब्रेथवेट र फिडेल एडर्वस रहेका छन । यी खेलाडीहरुको प्रदर्शनमा जमैकाले बिपक्षी टोलीलाई सर्ट बलको धरापमा पार्न सक्छ । यो सिजनमा जमैकाले उत्कृष्ट प्रदर्शन गर्न तिव्र गतिका बलरहरुले उत्कृष्ट प्रदर्शन गनुपर्नेछ ।

यस्तो छ जमैकाको स्क्वाडः

रिटेन: रोभम्यान पावेल, आन्द्रे रसेल, चाडविक वाल्टेन, ओशेन थोमस र ग्लेन फिलिप्स

अनुबन्धन: तवरेज शम्सी (अनुपस्थित)

ड्राफ्ट: सन्दीप लामिछाने, कार्लोस ब्रेथवेट, असिफ अली, फिडेल एडवार्स, प्रेस्टन म्याकस्वीन, आन्द्रे म्याककार्थी, निकोलस किर्टोन, जेभर रोयल, एनकु्रमा वोनर, विरासामी परमल, रायन परसाउद ।

जमैकाको सम्भावित एघार: ग्लेन फिलिप्स (विकेट किपर), चाडविक वाल्टन, एनकु्रमा वोनर, रोभम्यान पावेल, आन्द्रे रसेल, अशिफ अली, कार्लोस ब्रेथवेट, फिडेल एडर्वस, सन्दीप लामिछाने, विरासामी परमल र ओशेन थोमस ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.