धमाधम बेहुली बन्दै प्रधानमन्त्री, तीन हप्तामा दोस्री प्रधानमन्त्रीले बिहे गरिन्
काठमाडौं। फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनले बिहे गरेकी छिन् । उनले आइतबार आफ्ना मित्र मार्कस रायकोनेनसँग बिहे गरेकी हुन् । यी दुईको सम्बन्ध १६ वर्ष पुरानो हो । बिहेमा केवल ४० जना पाहुना सहभागी भएका थिए । सना विश्वकी सबैभन्दा कान्छी सरकार प्रमुख हुन् ।

सनाले इन्स्टाग्राममा स्वयं बिहेबारे जानकारी दिएकी हुन् । उनले इन्स्टागममार्फत नै शुभकामना दिनेहरुप्रति आभार व्यक्त गरेकी छिन् । बिहे समारोह सनाको सरकारी आवास हेलसिन्कीमा भएको थियो । यस क्रममा निम्ता दिइएका सीमित व्यक्तिहरुलाई मात्र त्यहाँ जान अनुमति दिइएको थियो ।
तीन हप्ता अघिमात्र युरोपकी अर्की प्रधानमन्त्रीले पनि बिहे गरेकी थिइन् । डेनमार्ककी प्रधानमन्त्री म्याट फ्रेडरिक्सनले ४२ जर्षको उमेरमा गएको जुलाइ १५ मा बिहे गरेकी थिइन् । म्याटले कोरोनाभाइरस प्रकोप र यससम्बन्धी जिम्मेवारीका कारण ३ पटकसम्म बिहे स्थगित गरेपछि मात्र बिहे गर्न पाएकी थिइन् ।







डिसी नेपाल







Facebook Comment