सदस्य सचिव रमेश सिलवालले आफ्नो सम्पत्ती विवरण बुझाए

डिसी नेपाल
२२ साउन २०७७ १३:३४

काठमाडौं । नेपाल सरकारको नियम अनुसार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले आफ्नो सम्पत्ती विवरण बुझाएका छन ।

सिलवालले बुधबार आफ्नो सम्पत्ती विवरणको सूची खाममा राखेर सतर्कता केन्द्रमा बुझाएका हुन । सम्पत्ती कति रहेको भन्ने विवरण खुलेको छैन ।

सदस्य सचिव हुनुभन्दा अगाडी देखि नै विभिन्न व्यवसायमा काम गरिरहेका सिलवालले विभिन्न कलेजहरु चलाउँदै आएका छन ।

पछिल्लो पटक राष्ट्रिय खेलकुद परिषद्ले नै आफ्नो मातहतका सबै कर्मचारीको विवरण बुझाउनका लागि पत्राचार गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.