भारतमा कोरोना विशेष अस्पतालमा भीषण आगलाागी, ८ जना बिरामीको मृत्यु
काठमाडौं। कोरोनाभाइरसको उपचारका लागि बनाइएको विशेष अस्पतालमा अचानक भीषण आगलागी हुँदा भारतको अहमदाबादस्थित अस्पतालमा उपचाररत ८ बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमध्ये ५ पुरुष र ३ महिला छन् । आगो अस्पतालको चौथो तलामा लागेको थियो । पुलिसले यो घटनामा अस्पतालका ट्रस्टी भरत महंत र एक कर्मचारीलाई हिरासतमा लिएको छ ।
Saddened by the tragic hospital fire in Ahmedabad. Condolences to the bereaved families. May the injured recover soon. Spoke to CM @vijayrupanibjp Ji and Mayor @ibijalpatel Ji regarding the situation. Administration is providing all possible assistance to the affected.
— Narendra Modi (@narendramodi) August 6, 2020
एडिसनल चीफ सेक्रेटरी राजीव कुमार गुप्ताका अनुसार आगो लागेको श्रेय अस्पताललाई सील गरिएको छ । ४१ बिरामीहरुलाई सरदार बल्लभ भाइ पटेल अस्पतालमा सारिएको छ । पुलिसका अनुसार श्रेय अस्पतालमा बिहान सााढे ३ बजेतिर आगो लागेको थियो । आगो विद्युत सर्ट भएका कारण लागेको थियो । अस्पतालमा कोरोना उपचारका लागि ५० बेडको व्यवस्था गरिएको छ ।







डिसी नेपाल







Facebook Comment