अमेरिकाका शीर्ष भाइरस विशेषज्ञ एन्थोनी फाउसीलाई ज्यान मार्ने धम्की !

डिसी नेपाल
२३ साउन २०७७ ९:००

काठमाडौं। अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले आफू र आफ्नो परिवारलाई ज्यान मार्नेसम्मको धम्की आएकोले आफू र परिवारलाई निरन्तर सुरक्षाको आवश्यकता परेको बताएका छन् । कोरोनाभाइरसका विषयमा आफूले बताएको गाइडलाइनसँग असन्तुष्ट व्यक्तिहरुले यस्तो धम्की दिएको उनले बताए ।

‘संकटले केही अनावश्यक कामहरु पनि गर्न बाध्य बनाउँछ र यसले मानिसको सबैभन्दा असल र सबैभन्दा खराब रुप दुवै बाहिर ल्याउँछ । म र परिवारलाई ज्यान मार्ने धम्की आउनु र मेरा छोरीहरुसँग अभद्र व्यवहार भएर मैले सुरक्षा लिन बाध्य हुनु आश्चर्यजनक हो’ उनले सीएनएनसँगको एक साक्षत्कारमा भने ।

‘मैले निकै खराब सपनाहरुमा पनि यो कल्पना गरेको थिइन कि मानिसहरुले पूर्ण रुपमा सार्वजनिक स्वास्थ्यका सिद्धान्तहरुलाई मान्न अस्वीकार गर्छन्, यसको विरुद्धमा उभिन्छन् र म वा तपाइँले भनेका कुराहरु मन पराउँदैनन्’ उनले थपे । फाउसीले यसअघि पनि पटक पटक सार्वजनिक राष्ट्रपति ट्रम्प र उनका सल्लाहकारहरुको स्कुल फेरि खोल्ने र अर्थज्यजस्था सुचारु बनाउने विचारको विरोध गर्दै आइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *