डोनाल्ड ट्रम्पको रिसोर्टमा एके ४७ राइफल बोकेर छिरे ३ जना युवा

डिसी नेपाल
२३ साउन २०७७ १२:२२
4
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिसोर्टमा एके ४७ राइफल बोकेर छिरेका ३ जना युवा पक्राउ परेका छन् । बीबीसीका अनुसार उनीहरुसँग लोड गरिएको सेमिअटोमेटिक एके ४७ राइफल थियो । ट्रम्पको यो भव्य रिसोर्ट फ्लोरिडाको फोर्ट लाउडेरडेलमा छ । यसको नाम मार ए लेगो हो । मार ए लेगोमा घुसपैठ भएको यो पहिलो पटक भने होइन । ट्रम्प राष्ट्रपति बनेपछि मात्रै यहाँ ४ पटक घुसपैठ भएको छ । २ पटक त चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पाम बीच पुलिसका प्रवक्ताका अनुसार ती युवाहरु पुलिसबाट बचेर भाग्ने क्रममा रिसोर्टभित्र छिरेका हुन् । उनीहरु गार्डेनसम्म पुगेका थिए । केही समयमा पुलिसले उनीहरुलाई गिरफ्तार गर्यो । उनीहरुमध्ये एक जनासँग झोला थियो जसमा सेमिअटोमेटिक एके ४७ राइफल र १४ राउण्ड म्यागजिन थियो । पुलिसले ती युवाहरुलाई यो रिसोर्ट राष्ट्रपतिको हो भन्ने थाहा नभएको बताएको छ ।

पुलिसका अनुसार मार ए लेगोभन्दा ३ किलोमिटर टाढा शंकास्पद कार देखिएको थियो । पुलिस कारनजिक जाँदा कार चालकले कार दौडाएका थिए । पुलिसले पिछा गरेपछि उनहिरु भाग्दै मार ए लेगोसम्म पुगेका थिए । उनीहरुले बोकेको राइफल किनेको नभइ चोरीको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.