आगामी वर्ष हुने टी–२० विश्वकपको आयोजना भारतले गर्ने, अस्ट्रेलियालाई २०२२ को जिम्मा
काठमाडौं । सन् २०२१ मा हुने टी २० विश्वकप भारतले आयोजना गर्ने भएको छ । कोरोनाका कारण २०२० को विश्वकप स्थगित भएकोमा २०२१ को अष्ट्रेलियाले आयोजना गर्ने चाहना राखेको थियो ।
तर यसअघि तोकिए अनुसार विश्वकप आयोजना गर्ने पाउनपर्ने भन्दै भारतले माग राखेको थियो। जसका कारण अष्ट्रेलियाले २०२२ को विश्वकप आयोजना गर्ने भएको छ ।
२०२१ र २०२२ को टी २० विश्वकप आयोजनाका लागि अष्ट्रेलिया र भारत क्रिकेट बोर्ड प्रमुखले आइसीसीसँग मिलेर गरेको छलफलमा यो निर्णय भएको हो । यसका साथै २०२१ मा हुने महिला एकदिवसीय विश्वकपपनि २०२२ मा हुने भएको छ । अब महिला विश्वकप २०२२ को फेब्रेवरी ६ बाट मार्च सात तारिखसम्म हुने भएको छ ।
अष्ट्रेलियाले २०२१ को विश्वकप आयोजना गर्न नपाउने भएपछि यो बर्षमा हुने भनिएको विश्वकपका लागि विक्रि भएका टिकटको मुल्य समर्थकलाई फिर्ता गर्नुपर्ने भएको छ । यसअघि क्रिकेट अष्ट्रेलियाले यदि २०२१ मा विश्वकप आयोजना भएमा अहिलेको टिकटबाट नै प्रतियोगिताका खेल हेर्न पाउने बताएको थियो ।







डिसी नेपाल








Facebook Comment