१९१ यात्रु सवार एयर ईण्डियाको विमान केरलामा दुर्घटना

डिसी नेपाल
२३ साउन २०७७ २१:२८
8
Shares

काठमाडौं । भारतको केरलामा १९१ यात्रु सवार विमान दुर्घटना भएको छ। दुबईबाट यात्रु लिएर आएको एयर ईण्डिया एक्सप्रेसको बोईंग–७३७ विमान केरलाको कालीकटमा दुर्घटना भएको बीबीसीले जनाएको छ।

विमानमा चालकदलका सदस्य सहित १९१ जना यात्रु सवार थिए। उक्त विमान कारीपुर एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा रनवेमा चिप्लिएर अगाडी गएको छ। विमानमा क्षती पुगेको छ तर यसमा आगलागी भने नभएको बताइएको छ।

उद्धारको काम जारी रहेको छ र हताहतको जानकारी बाहिर आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *