मुकेश अम्बानी विश्वको चौथो धनी बने, कसलाई उछिने ?
काठमाडौं। भारतीय उद्योगपति मुकेश अम्बानी विश्वका धनीहरुको सूचीमा एक स्थान माथि उक्लिएका छन् । यसअघि पाँचौं स्थानमा रहेका मुकेश चौथो स्थानमा उक्लिएका हुन् । ब्लुमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार मुकेशको सम्पत्ति ८०.६ अर्ब डलर पुगेको छ । अब मुकेशभन्दा अगाडि केवल ३ जना छन् ।
अमेजनका सीइओ जेफ बेजोस सूचीको शीर्ष स्थानमा छन् । बेजोसको सम्पत्ति १८७ बिलियन डलर छ । माइक्रोसफटका संस्थापक बिल गेट्स १२१ बिलियन डलर सम्पत्तिसहित दोस्रो स्थानमा छन् । फेसबुकका संस्थापक मार्क जुकरबर्ग तेस्रो स्थानमा उक्लिएका छन् । जुकरबर्गको सम्पत्ति १०२ बिलियन डलर छ । चौथो स्थानका मुकेश अम्बानीको सम्पत्ति ८०.६ बिलियन डलर छ ।
अम्बानीले बर्नार्ड आर्नल्टलाई उछिनेका हुन् । आर्नल्टको सम्पत्ति ८०.२ बिलियन डलर छ र उनी पाँचौं स्थानमा खस्केका छन् । आर्नल्टको सम्पत्ति अघिल्लो महिनाभन्दा १.२४ बिलियन डलर घटेको छ । जुकरबर्गको सम्पत्ति १.१६ बिलियन डलर बढेको छ भने अम्बानीको सम्पत्ति ३२६ मिलियन डलर बढेको छ । जेफ बेजोसको सम्पत्ति ३.१४ बिलियन डलर घट्दा पनि उनी शीर्षमै छन् । दोस्रो स्थानमा बिल गेट्सको सम्पत्ति २२१ मिलियन डलर बढेको छ ।







डिसी नेपाल








Facebook Comment