केरल विमान दुर्घटनाः ५०० दिरामले यसरी बचायो २ यात्रुको ज्यान

डिसी नेपाल
२५ साउन २०७७ ९:०७
4
Shares

काठमाडौं। भारतको केरलको कोझिकोडमा दुर्घटनाग्रस्त एयर इण्डियाको विमानमा सवार भएर दुर्घटनामा पर्नुबाट दुई भारतीय सौभाग्यले बाँचेका छन् । रोचक त के भने ती दुवैको ज्यान ५ सय दिरामले जोगायो । यी दुवैलाई त्यही विकानबाट भारत फर्किनुपर्ने थियो तर ५ सय दिरामका कारण उनहिरु विमानमा चढ्न पाएका थिएनन् ।

शारजाहको एक स्कुलमा काम गर्ने नौफल मोइन वेत्तनले भारत फर्किनको लागि यही विकानको टिकट बुक गरेका थिए । केरलको मलप्पुरमको तिरुनवाया निवासी वेत्तनले विमानमा चढ्नको लागि बोर्डिङ पास पनि लिइसकेका थिए । तर, जब उनी दुबइको विमानस्थलको इमिग्रेसन काउन्टरमा पुगेपछि उनको वर्क भिसा एक हप्ता पहिले नै रद्द भइसकेको खुलासा भयो । भिसाको समयभन्दा धेरै बसेका कारण उनले १ हजार दिराम जरिवाना तिर्नुपर्ने भयो तर उनीसँग ५ सय दिराम मात्र थियो । उनले यस विषयमा आफूले काम गर्ने स्कुलका अधिकारीलाई फोन गर्दा उनलाई फर्किन भनियो ।

अबुधाबीमा काम गर्ने अफजल परकोदनको पनि वर्क भिसा १ हप्ता पहिले रद्द भएको थियो । विमानस्थलको इमिग्रेसन पुगेपछि उनीसँग पनि जरिवानावापत १ हजार दिराम मागियो । संयोगले उनीसँग पनि ५ सय दिराम मात्र थियो । उनले त्यहीँबाटै आफ्ना एक साथीलाई फोन गरेर ५ सय दिराम ल्याइदिन भने । उनका साथी पैसा लिएर विकानस्थल पनि पुगे तर त्यतिबेलासम्म ढिलो भइसकेको थियो । उनको सामानलाई विमानबाट झारिदिएर विमानको ढोका बन्द गरिसकिएको थियो जसका कारण उनी विमानमा चढ्न पाएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.