सुटकेशमा शव प्रकरणः एक युवती चितवनबाट पक्राउ

डिसी नेपाल
२६ साउन २०७७ २०:१०

काठमाडौं। काठमाडौंमा भएको विभत्स हत्या प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। आइतबार गोंगबु क्षेत्रमा टाउको र खुट्टा अलग गरिएको एक शव सुटकेशमा फेला परेको थियो।

शव फेला परेको दोस्रो दिन प्रहरी संदिग्ध युवतीलाई चितवनको ठाँडीबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो। स्रोतले भन्यो, ‘यो प्रकरणमा हामीले एक युवतीलाई नियन्त्रणमा लिएका छौं। उनलाई चितवनबाट काठमाडौं ल्याइँदै छ। थप कुरा उनीसँग सोधपुछ भएपछि खुलासा होला।’

प्रहरीले शवको पहिचान हुन नसकेपछि सोमबार बिहान सामाजिक सञ्जालमा तस्वीर राखेर पहिचानका लागि अनुरोध गरेको थियो। त्यसपछि मृतकका मामाले उनी दाङका कृष्णबहादुर बोहोरा रहेको सनाखत गरेका थिए।

प्रहरीले शवको पहिचान भएसँगै वारदात भएको घरसमेत पत्ता लगाएको छ। शव भेटिएको स्थानबाट करिब ५० मिटर दूरीको एक चार तले घरमा सो वारदारत भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले डिसी नेपालसँग भने, ‘घटनालाई विभिन्न कोणबाट हामीले अनुसन्धान गरिरहेका छौं। अहिले नै कुनै निश्कर्षमा पुगन सकिने अवस्था छैन। विभिन्न मानिसहरुसँग सोधपुछ जारी छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.