आलिया भट्टको ‘सडक २’ ट्रेलरमा ‘डिसलाइक’को वर्षा

डिसी नेपाल
२८ साउन २०७७ २०:३०

काठमाडौं । बुधबार सार्वजनिक भएको चलचित्र ‘सडक २’को ट्रेलरमा डिसलाइकको वर्षा भएको छ। अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि चर्किएको नेपोटिज्म विवादको असर यो चलचित्रमा पर्ने भएको छ।

निर्देशक महेश भट्टको निर्देशनमा बनेको यो चलचित्रको ट्रेलरले युट्युबमा डिसलाइकको रेकर्ड बनाएको छ। बुधबार बिहान ट्रेलर सार्वजनिक भएलगत्तै उक्त भिडियोमा डिलाइकको वर्षा लागेको हो। यो समाचार तयार सडक–२ को ट्रेलर ६० लाख भन्दा धेरै पटक हेरिएको छ भने २७ लाख बढीले यसमा डिसलाइक गरेका छन्।

उक्त ट्रेलर लाइक गर्नेको संख्या मात्रै एक लाख ६२ हजार बढी रहेको छ । सडक–२ मा आलिया भट्टसँगै सञ्जय दत्त, पूजा भट्ट, आदित्य रोय कपूरसहितको अभियन छ। यो चलचित्र अगस्ट २८ मा स्ट्रिमिङ्ग सेवा डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछ ।

सडक–२ मा सुरुमा सुशान्त सिंह राजपूतलाई लिने कुरा भए पनि मिलेको थिएन। केही समयअघि सार्वजनिक भएको सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र दिल बेचरालाई भने उनका फ्यानले अति रुचाएका थिए ।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.