अफगानिस्तानले ४०० तालिबान लडाकूलाई जेलमुक्त नगर्ने

डिसी नेपाल
३० साउन २०७७ १२:२८

काबुल। अफगान सरकारले जेलमा रहेका कम्तीमा पनि ४०० तालिबानलाई जेलमुक्त नगर्ने भएको छ। राष्ट्रपति अस्रफ घानीले दुई दिन अघि मात्र पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिएका छन्। यसअघि पनि उनले ईदका अवसरमा तीन दिने नयाँ युद्धबिराम शुरु भएसँगै यस्तो आदेश दिएका थिए।

अफगानिस्तान सरकारले यसरी सरकारको जेलमा रहेका कम्तीमा पनि ४ हजार ६०० जति तालिबानलाई मुक्त गरिदिएको छ। तर पनि जेलमा रहेका अरु ४०० जना जति तालिबानलाई भने अफगानिस्तानको सरकारले रिहा नगर्ने जनाएको हो।

संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले गरेको सम्झौतामा हाल अफगान जेलमा रहेका पाँच हजार जना तालिवानी लडाकूहरुलाई रिहा गर्नुपर्ने छ। यस बमोजिम पछिल्लो पटक गरिएको रिहाईसँगै अफगान सरकारले चार हजार ६०० जना बन्दीलाई रिहाई गरिसकेको छ।

तर पनि बाँकी ४०० जना भने निकै खतरनाक ठानिएका अथवा यहाँ गम्भीर प्रकृतिको हत्या हिंसामा संलग्न भएका लडाकूहरुलाई भने मुक्त गर्न काबुल सरकार हिच्किचाइरहेको बताइएको छ ।

तालिबान समूहले भने पछिल्लो पटक रिहाई हुन लागेका लडाकूहरु पहिलो सूचीमा नाम नभएका व्यक्ति रहेको र आफ्नो माग बमोजिम पाँच हजार जना नै मुक्त गरिनुपर्ने बताएको छ।

राष्ट्रपति घानीले गम्भीर प्रकृतिको अपराधमा संलग्न भएका ४०० तालिबानी लडाकूलाई रिहाईको निर्णय गर्ने अधिकार आफूसँग पनि नरहेको बताएका थिए। तर पनि उहाँले पछिल्लो समयमा भने उनीहरुको पनि रिहाइको लागि निर्देशन दिएको बुझिएको छ।

अफगानी ज्येष्ठ एवं प्रवुद्ध समूहको भेलाले मात्र उनीहरुको भाग्यको फैसला गर्न सक्ने राष्ट्रपतिले बताउँदै आएका थिए। गएको फेब्रुअरीमा अमेरिका–तालिबानबीच भएको एक सम्झौतामा अफगान जेलमा बन्दी पाँच हजार तालिबान लडाकू एवं विद्रोहीका कब्जामा रहेका एक हजार सरकारी सैनिकलाई मुक्त गर्ने उल्लेख भएको थियो।

त्यसैले ताबिलानहरुले ती सबै जनालाई रिहा नगर्दा सम्म आफूहरु वार्तामा नबस्ने बताएका छन्। उनीहरुलाई रिहा गरिएमा छिट्टै वार्तामा बस्ने तालिबानी समूहको भनाई छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.