सडक २ को ट्रेलरलाई ‘लाइक’को १८ गुणा बढी ‘डिस्लाइक’ तर घृणाले आलिया भट्टलाई फाइदा

डिसी नेपाल
३० साउन २०७७ १३:४३
8
Shares

काठमाडौं। आलिया भट्टको आउँदै गरेको फिल्म सडक २ को ट्रेलरलाई दर्शकहरुले लगातार डिस्लाइक गरिरहेका छन् । युट्युबमा डिस्लाइकको संख्या ८६ लाख भन्दा माथि पुगिसकेको छ तर लाइक भने मात्रै ४ लाख ६७ हजार छ । यो भिडियोले लाइकको १८ गुणाभन्दा भन्दा बढी डिस्लाइक पाइसकेको छ । दिवंगत अभिनेता सुशान्त सिंह राजपुतका फ्यानहरुले यो ट्रेलरलाई डिस्लाइक गर्ने अभियान नै चलाएका छन् ।

सडक २ लाई दर्शकहरुले यसरी बहिष्कार गर्नुको कारण बलिउडमा चलिरहेको भाइभतिजाबाद हो किनकि यो फिल्मका निर्देशक महेश भट्ट हुन्, निर्माता महेशका भाइ मुकेश भट्ट हुन् र फिल्ममा मुख्य हिरोइन महेशकै छोरी आलिया भट्ट छिन् । बलिउडको यही भाइभतिजावादका कारण सुशान्त सिंह राजपुत आत्महत्या गर्न बाध्य हुनुपरेको मानेका दर्शकहरुले यसको विरोधमा यो फिल्मलाई लगातार डिस्लाइक गरिरहेका छन् । नेपोटिज्मको बहसमा आलियाले केही समय अगाडि सामाजिक संजाल प्रयोगकर्तालाई धेरै कुरा भनेकी थिइन् जसको रिस उनीहरुले यो फिल्मको ट्रेलरमा पोखिरहेका छन् ।

यद्यपि डिस्लाइकको यो ट्रेण्डले आलियालाई फाइदा नै भएको छ । दर्शकहरुले घृणा गरेरै सही डिस्लाइक गर्नकै लागि भए पनि यो भिडियो खोलिरहेका छन् जसले यसको भ्यू लगातार बढिरहेको छ । ट्रेलरले शुक्रबार दिउँसोसम्म झण्डै साढे ३ करोड भ्यू पाइसकेको छ । यो भिडियो भारतमा मात्र नभइ नेपालमा पनि ट्रेण्डिङ नम्बर १ मा छ । नेपालमा हालै १ नम्बर ट्रेण्डिङमा आएको यो भिडियो भारतमा केही दिन अघिदेखि नै लगातार १ नम्बर ट्रण्डिङमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.