सुशान्त सिंह राजपुतका विषयमा रिया चक्रवर्तीको ‘यु टर्न’ ! अचानक कसरी फेरियो बोली ?

डिसी नेपाल
३१ साउन २०७७ ८:४५

मुम्बइ। सुशान्त सिंह राजपुतको मृत्युपछि रिया चक्रवर्तीले आफूलाई सुशान्तकी गर्लफ्रेण्ड भनिरहेकी छिन् र आफूहरु लिभ इन रिलेसनशिपमा बसिरहेको दावी गरेकी छिन् । तर, सुशान्तको मृत्युभन्दा दुई महिना पहिले अप्रिलमा रियाले आफ्नो सुशान्तसँग सम्बन्ध भएको कुरा अस्वीकार गरेकी थिइन् । त्यतिबेला उनीसँग के उनी सुशान्तलाई डेट गरिरहेकी छिन् ? भनेर सोधिएको थियो । जवाफमा उनले होइन, यो सही होइन भनेकी थिइन् ।

रियाले भनेकी थिइन् ‘न कहिल्यै मैले न सुशान्तले यो कुरा स्जीकार गरेका छौं । त्यसैले यो सही होइन । सुशान्त र म साँच्चै राम्रो साथी हौं । म उनलाई ८ वर्षदेखि चिन्छु । हामी यशराज फिल्म्समा साथमा थियौं र लामो समयसम्म हाम्रो म्यानेजर पनि एउटै थिइन् । यी वर्षहरुमा हामे मित्रता बढेको छ । म आफ्ना साथीहरुलाई निकै माया गर्छु र यो लुकाउँदिन ।’

उनले अगाडि भनेकी थिइन् ‘म मेरो जीवनमा भएका व्यक्तिहरुप्रतिको मायालाई लिएर निकै सार्वजनिक छु । चाहे त्यो केटा होस् वा केटी । जहाँसम्म सुशान्तको कुरा छ, मैले जति मानिसहरुलाई चिन्छु तीमध्ये उनी निकै कूल मान्छे छन् । मलाई उनको बारेमा थाहा छेन तर मेरो लागि उनी सुपर क्युट र अट्रेक्टिभ छन् । यद्यपि मलाई थाहा छैन कि उनी मेरो बारेमा के सोच्छन् ।’

जब रियासँग सोधियो कि के सुशान्तको यस्तो कुनै बानी छ जो उनलाई मन पर्दैन ? जवाफमा रियाले भनेकी थिइन् ‘सुशान्त धेरै समझदार छन् । उनी हरेक विषयमा निकै धेरै जानेका छन् । यो बानी होइन उनी यस्तै छन् । त्यतिबेला तपाईलाई थोरै रिस उठ्न सक्छ जब तपाईंलाई लाग्छ कि तपाईं धेरै स्मार्ट हुनुहुन्छ । तर सुशान्तसँग कुरा गरेपछि तपाईले आफ्नो बारेमा दोस्रो पटक सोच्नु पर्छ ।

अगष्ट २०१९ मा सुशान्त आफ्नो प्लेब्वाइ छविबाट बाहिर निस्किनको लागि रियासँग विवाह गर्न चाहन्छन् भन्ने खबर आएको थियो । तर रिया अझै केही समय चाहन्थिन् । यसअघि सुशान्तले एक अन्तरवार्तामा रियाको बारेमा कुरा गरेका थिए । उनले भनेका थिए ‘अहिले केही पनि भन्नु सही होइन । मानिसहरुले यस्ता विषयमा कुरा गर्नु हुँदैन जो भर्खर सुरु भएका छन् । यदि तपाईं मेरो बारेमा सोध्नुहुन्छ भने म जवाफ दिन सक्छु तर तपाईं कोही अरुको बारेमा सोध्नुहुन्छ भने मैले ऊसँग सोध्नु पर्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.