म्यानचेस्टर सिटीलाई पराजित गर्दै लियोन दोस्रो पटक सेमिफाईनलमा

डिसी नेपाल
३२ साउन २०७७ १०:०२

काठमाडौं । च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा फ्रान्सेली क्लब लियोनले म्यानचेस्टर सिटीलाई ३–१ ले पराजित गरेको छ। लिओन २००९–१० पछि पहिलो पटक सेमिफाइनलमा पुगेको हो। लिगको इतिहासमा २४ बर्षपछि सेमिफाइनलमा कुनै ईङलिश र स्पेनिश क्लबहरू हुनेछैनन्।

यसपटकको सिजनमा दुई फ्रान्सेली क्लब लियोन र पीएसजी तथा दुई जर्मन क्लब आरबी लिपजिग र बायर्न म्यूनिखले सेमीफाइनल खेल्नेछन्। सन २०१३ पछि दुई देशका चार क्लबहरू लिगको फाइनलमा स्थान बनाउनको लागि भिड्ने छन् ।

लियोनका लागि खेलको २४ औं मिनेटमा म्याक्सवेल कर्नेटबाट गोल गरे। कर्नेटले म्यानचेस्टर सिटी बिरूद्ध च्याम्पियन्स लिगको ३ खेलमा ४ गोल गरेका छन्। उनले लियोनेल मेस्सी संगको रेकर्ड पनि बराबरी गरेका छन । मेस्सीले लिगमा म्यानचेस्टर सिटी बिरूद्ध पनि यहि संख्यामा गोल गरेका छन ।

पहिलो हाफमा म्यानचेस्टर सिटीले खेल बराबरी गर्ने प्रयास गरेपनि सफल हुन सकेन । दोस्रो हाफमा म्यानचेस्टर सिटीका केभिन डि ब्रुयिनले खेलको ६९ औं मिनेटमा गोल गर्दे खेललाई बराबरीमा ल्याए । ब्रुयिनले च्याम्पियन्स लिगको ७ खेलमा २ गोल गरेका छन् ।

त्यसपछि वैकल्पिक खेलाडीको रूपमा मैदानमा आएका मौसा डेम्बेले दोस्रो गोल गर्दै लिओनलाई २–० को अग्रता दिलाउ। त्यसको आठ मिनेटपछि यी खेलाडीले टिमका लागि तेस्रो तथा ब्यक्तिगत दोस्रो गोल गर्दे टिमलाई जितको संघारमा पुरयाए। डेम्बेले म्यानचेस्टर सिटी बिरूद्ध च्याम्पियन्स लिगमा हालसम्म ४ खेलमा तिन गोलका छन। त्यसपछि म्यानचेस्टर सिटी खेलमा आउन कडा प्रयास गरेपनि सफल हुन सकेन।

लिगको पहिलो सेमिफाइनलमा जर्मन फुटबल क्लब आरबी लेइपजिगले बुधवार पीएसजीको सामना गर्नेछ भने बायरन म्युनिकले दोस्रो सेमीफाइनलमा लिओनसँग खेल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.