प्रदेश नम्बर दुईका सम्पुर्ण क्रिकेट खेलाडीहरुको कोरोना बिमा गरिने
राजबिराज । प्रादेशिक क्रिकेट संघ प्रदेश नम्बर २ को शनिवार भर्चुअल अनलाईन अन्तरकृया सम्पन्न भएको छ । प्रदेश क्रिकेट संघका अध्यक्ष हिरा भगतको अध्यक्षता सम्पन्न उक्त अन्तरकृयामा नेपाल क्रिकेट संघका कोषाध्यक्ष एवं प्रदेश सदस्य रोशन सिंहको प्रमुख आतिथ्यता एवं नेपाल क्रिकेट संघकै सदस्यद्धय माधव कर्मचाय र दाउद अन्सारीको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो । प्रदेशले समसामायिक बिषयमा छलफल गर्दै हाल प्रत्यक्ष रुपमा गरिने कृयाकलापहरु नभएकोले अप्रत्यक्ष रुपमा गरिने कृयाकलापलाई प्राथमिकता दिने निर्णय गरेको छ ।
हाल बिश्वभरीनै बिक्राल रुप लिएको कोरोनाबाट सुरक्षाको लागि प्रदेशका सम्पुर्ण खेलाडिहरुलाई सुरक्षाका उपाय बारे जनचेतना गराउने तथा प्रदेशका नियमित पुरुष तथा महिला खेलाडिहरुको कोभिड बिमा गर्ने निर्णय गरेको छ । सार्थै प्रदेशका मातहतमा रहेका सम्पुर्ण ८ जिल्लाकै नियमित खेलाडिहरुको कोभिड बिमा अनिवार्य गर्न जिल्ला क्रिकेट संघहरुलाई निर्देशन दिने समेत निर्णय भएको प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले बताएका छन ।
साथै अवस्था सामान्य भई यातायात संचालनमा आउनासाथ प्रदेश स्तरीय ओ लेभलको अम्पाएर स्कोरिंग तालिमको आयोजना गर्ने जिम्मेवारी सप्तरी क्रिकेट संघलाई दिने समेत निर्णय भएको श्रेष्ठले बताए । प्रदेशमा न्युन आए भएका तथा कोभिडका कारणले जिविकोपार्जन गर्न कठिनाई भएका खेलाडिहरुको नामावली संकलन गरि प्रदेशमा पेश गर्न प्रदेश सदस्य सुभाष जयसवाललाई जिम्मेवारी दिएको छ ।
हाल दुवै किडनी खराव भएका तथा कोरोनाले समेत ग्रसित खेलाडि कुन्दन सिंह बचाउ अभियानमा सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद दिदै कुन्दन सिंहलाई किडनी दाता पाए पश्चात प्रत्यारोपणको लागि आवश्यक सहयोगको लागि समेत प्रदेशले आवश्यक सहयोग गर्न पहल गरिने निर्णय भएको श्रेष्ठले बताए ।







डिसी नेपाल








Facebook Comment