दुई कर्मचारीमा कोरोना देखिएपछि नेपाल ओलम्पिक कमिटि सिल
काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) का दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि एनओसी सिल गरिएको छ । गत बुधवार एनओसीले कर्मचारीहरुको कोरोना परिक्षण गराएको थियो । परिक्षण गरिएका कर्मचारी मध्ये एक कार्यालाय सहयोगी र भान्सामा कामगर्ने एक महिला कर्मचारीमा कोरोना पुष्टि भएको एनओसीका उप–महासचिव पिताम्बर तिम्सिनाले डिसी नेपाललाई बताए ।
कर्मचारीहरुमै कोरोना संक्रमणको पुष्टि भएपछि एनओसी अनिश्चित कालका लागि सिल गरिएको तिम्सिनाले बताए । एनओसीका अन्य कर्मचारीहरुको भोलि (सोमवार) कोरोना परिक्षण गरिने भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment