ती व्यक्ति जसले खतरनाक शार्कसँग लडेर श्रीमतीलाई बचाए
सिड्नी (एजेन्सी)। अस्ट्रेलियामा एक व्यक्ति आफ्नाी श्रीमतीलाई मृत्युको मुखबाट बचाएपछि निकै चर्चित भएका छन्।
स्थानीय रिपोर्ट्सका अनुसार एक शार्कले उनकी श्रीमतीमाथि आक्रमण गरेको थियो। त्यसैबेला उनी आफ्नो सर्फ बोर्डबाट शार्कमाथि हाम्फाले। र त्यो बेलासम्म मुक्का हाने, जबसम्म शार्कले उनकी श्रीमतीलाई छोडेन।
खासमा ३५ वर्षीय शानटेल डोयल, न्यू साउथ वेल्सको पोर्ट मेकभोरीको बीच्मा सर्फिंग गरिरहेकी थिइन्। सोही समय शार्कले उनीमाथि आक्रमण गर्यो। उनका श्रीमानले त्यो बेलासम्म शार्कलाई मुक्का हाने जबसम्म शार्कले उनलाई छोडेन। त्यसपछि उनका श्रीमानले शानटेललाई किनारामा ल्याए।
यसपछि शानटेललाई एअर एम्बुलेन्सबाट अस्पताल लगियो। उनको दायाँ खुट्टामा गम्भीर चोट लागेको थियो।
विशेषज्ञहरुले शानटेलमाथि शार्कका बच्चाले आक्रमण गरेको हुन सक्ने बताएका छन्। सो शार्कको लम्बई तीन मिटर हुनसक्ने बताइएको छ।







डिसी नेपाल








Facebook Comment