चितवनका पाँच स्थानीय तहमा निषेधाज्ञा

डिसी नेपाल
३२ साउन २०७७ २२:३६

चितवन । जिल्ला प्रशासन कार्यालयले थप पाँच स्थानीय तहमा आज राति १२ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा आज जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकासँगै इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम निषेधाज्ञा जारी गरिएका स्थानीय तहको सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए। भरतपुर महानगरपालिकामा अहिले निषेधाज्ञा जारी रहेकाले यसलाई यथावत राख्दै माडी नगरपालिकाबाहेक जिल्लाका सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको उनले बताए । आदेशको अवज्ञा गरिएमा प्रचलित कानून बमोजिम कारवाही गरिने उनले जानकारी दिए। पछिल्लो समय जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलिँदै गएकाले यसलाई नियन्त्रण गर्न निषेधाज्ञा गर्नुपरेको उनको भनाइ छ ।

हालसम्म जिल्लामा १९९ जनामा सङ्क्रमण देखिएकामा एक जनाको मृत्यु भएको छ । ११३ जनामा सङ्क्रमण निको भएको छ भने ८५ जना उपचाररत छन् । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि शुक्रबार रातिबाट महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गरिएको छ । घरायसी सामग्री खरिदका लागि बिहान र बेलुका ५ः०० बजेदेखि ८ः०० बजेसम्म पसल खोल्न दिइने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.