मास्क लगाउने नियमको विरोधमा सयौं प्रदर्शनकारी सडकमा उत्रिए
काठमाडौं। स्पेनमा सरकारले लगाएको अनिवार्य मास्क लगाउनुपर्ने नियमको विरोधमा सयौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् । देशको राजधानीमा आइतबार उनीहरु मास्कको अनिवार्य प्रयोग र कोरोनाभाइरस फैलिनबाट रोक्न लगाइएका अन्य नियमहरुविरुद्ध उनहिरु प्रदर्शनमा उत्रिएका थिए ।
बीबीसीका अनुसार फोटोमा मानिसहरु राजधानी मड्रिडको सिटी सेन्टरस्थित प्लाजा कोलोनमा नाराबाजी गरिरहेका र हातमा प्लेकार्ड लिएर उभिएका देखिएका छन् । मास्कको अनिवार्य प्रयोगको नियम गएको मे महिनामा त्यहाँका सार्वजनिक यातायातमा यात्रा गर्नेहरुका लागि लागू गरिएको थियो । पछि यो नियम देशैभरी विस्तार गरियो ।
सरकारले सार्वजनिक स्थलमा धुम्रपान गर्न प्रतिबन्ध लगाउनुका साथै अन्य कडा नियमहरु ल्याएको २ दिनपछि यो प्रदर्शन भएको हो । जूनको अन्त्यमा तीन महिना लामो लकडाउन अन्त्य गेपछि स्पेनमा नयाँ स.क्रमणको दरमा वृद्धि भएको देखिएको छ । यहाँ २८ हजार ६ सय भन्दा बढीको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।







डिसी नेपाल








Facebook Comment