आमिर खानले टर्कीकी यी महिलालाई भेटेपछि भारतमा बबाल
काठमाडौं। भारतीय अभिनेता आमिर खानको एक भेटले भारतमा राजनीतिक बबाल मच्चिएको छ। १५ अगस्टमा टर्कीकी प्रथम महिला एमी अर्दोनानले ट्वीटरमाफर्त सार्वजनिक गरेका तस्वीहरुका कारण भारतमा आमिर खानको निकै आलोचना भइरहेको छ।
एमी आर्दोनन टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोनानकी श्रीमती हुन्। उनले ट्वीटरमा संसारका चिरपरिचत फिल्म निर्माता, निर्देशक र अभिनेता आमिर खानसँग भेटेकोमा खुशी व्यक्त गरेकी छन्।
आमिर खानको यो भेटले भारतमा राजनीतिक बबाल उत्पन्न गराइदिएको छ। सामाजिक सञ्जालमा आमिर ट्रोल भइरहेका छन्। यसको एक कारण हो भारत र टर्कीबीचको सम्बन्ध। मुस्लिम बहुल टर्की भारतभन्दा पाकिस्तानको समर्थन गर्छ। टर्कीका राष्ट्रपति अर्दोनानले धेरैपटक भारत विरोधी अभिव्यक्ति दिएका छन्। त्यसैले भारतीयहरु अर्दोनानलाई दुश्मन मान्छन्। कश्मीर मुद्दादेखि पाकिस्तानसम्मको मुद्दामा टर्की भारत विरोधी खेमामा छ। त्यसैले पनि आमिर खानको यो भेटलाई भारतमा आलोचना गरिएको हो।
I had the great pleasure of meeting @aamir_khan, the world-renowned Indian actor, filmmaker, and director, in Istanbul. I was happy to learn that Aamir decided to wrap up the shooting of his latest movie ‘Laal Singh Chaddha’ in different parts of Turkey. I look forward to it! pic.twitter.com/3rSCMmAOMW
— Emine Erdoğan (@EmineErdogan) August 15, 2020
आमिर खानको भेटलाई लिएर भारतीय सत्तारुढ दल भाजपाका नेताहरुले निकै आलोचना गरिरहेका छन्। भाजपा नेता सुर्वमण्यम स्वामीदेखि दिल्ली हिंसाका एक कारक कपिल मिश्रालेसमेत आमिर खानको आलोचना गरेका छन्।
उता भारतीय काँग्रेसका नेताहरुले भने कुनै मानिससँगको भेटलाई लेएिर कुनै कलाकारको विरोध गर्नु उचित नभएको बताएका छन्। आमिर खान भारतमा मुस्लिममाथि अत्याचार भइरहेको बताउँदै आएका छन्। उनले भारतमा आफूहरुलाई डर लाग्ने गरेकोसमेत बताएका थिए। खान फिल्म लाल सिंह चढ्ढाकाे सुटिंगका लागि टर्की गएका थिए।







डिसी नेपाल








Facebook Comment