कृषि मन्त्रालयले भन्योः कलकत्ताबाट मल आउँदै छ

डिसी नेपाल
१ भदौ २०७७ २१:३३

काठमाडौं। धानखेतिलाई आवश्यक पर्ने रासायनिक मलको अभाव हुँदा किसानहरु मर्कामा परेका छन्। नेपालको मुख्य अन्नबाली धानको रोपाईँ तथा गोडाई हुने समयमा रासायनिक मल नपाएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निकै आलोचना भएको छ। अझ निकै अपेक्षा गरिएका नेकपा नेता घनश्याम भुसाल मन्त्री बनेपछि मलको समस्या समाधान हुने अपेक्षा थियो।

तर, मन्त्रालयले समयमै मल आयत गर्न नसक्दा किसानहरु रासायनिक मलबिना नै धानखति गर्न बाध्य भए। धानखेतिको सिजन सकिनै लाग्दा अब मल आउने मन्त्रालयले जनाएको छ। सोमबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतको कलकत्ताबाट मल ढुवानी भएर नेपालतर्फ हिँडी सकेको भन्दै एक हप्ता भित्र मलको आपूर्ति सहज हुने दावी गरेको छ।

मन्त्रालयले कोरोना महामारीका कारण समयमै मल आयात गर्न नसकेको भन्दै दुःख व्यक्तसमेत गरेको छ। मन्त्रालयले हरेक वर्ष मल अभाव हुँदै आएको भन्दै यो वर्ष अतिरिक्त बजेट व्यवस्था गरेर गएको माघमै मल आयातका लागि टेण्डर गरिए पनि कोरोना महामारीका कारण आयात गर्न कठिनाई भएको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.