बागमती प्रदेशकी उपसभामुख तामाङ कोरोना संक्रमित
काठमाडौं। बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना संक्रमित भएकी छन्। सोमबार आएको कोरोना परीक्षण रिपोर्टमा उनी पोजेटिभ देखिएको हो।
उनको परिवारका ६ जनाको कोरोना परिक्षण गर्दा उपसभामुख तामाङ र उनका ९ वर्षीय छोरालाई कोरोना संक्रमित भएको पुष्टि भएको छ भने बाँकी सदस्यहरुलाई कोरोना नेगेटिभ आएको छ।
केही दिन अगाडि काठमाडौंको एक बैठकमा सहभागी मध्येका एकजनालाई कोरोना संक्रमण पुष्टि भएपछि तामाङको कोरोना परीक्षण गरिएको हो। हेटौंडास्थित आफ्नै निवासमा उनी होम आइसोलेशनमा बसेकी छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment