एक दशकदेखि चीनलाई संवेदनशील सूचना दिइरहेका अमेरिकी पूर्व गुप्तचर अधिकारी पक्राउ
काठमाडौं। अमेरिकाको गुप्तचर एजेन्सी सीआइएका एक पूर्व अधिकारी जासुसीको आरोपमा पक्राउ परेका छन् । उनले चीन सरकारलाई अमेरिकाका संवेदनशील सूचनाहरु विगत एक दशकदेखि दिइरहेको आरोप लगाइएको छ । सोमबार हवाइमा उनी पक्राउ परेको खुलासा गरिएको हो ।
सीएनएनका अनुसार अलेक्जेण्डर युक चिंग माले सीआइएका एजेन्टहरु र सीआइएका रणनीतिहरुबारे चिनियाँ गुप्तचर एजेन्सीलाई एक दशकदेखि सूचना दिइरहेको र यसवापत लाखौं डलर लिइरहेको बताइएको छ । अदालतमा पेश गरिएका दस्तावेजअनुसार उनी हङकङमा जन्मिएका अमेरिकी नागरिक हुन् र उनले आफूलाई चिनियाँ एजेन्टको रुपमा दर्शाउँदै उनको अगाडि गएका एक एफबीआइ एजेन्टलाई आफूले आफ्नो मातृभूमिलाई जिताउन चाहेको बताएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment