आइपिएलको शीर्ष प्रायोजकको दौडबाट पतञ्जली आउट ! मुख्य प्रायोजकको घोषणा आज

डिसी नेपाल
२ भदौ २०७७ १०:४४

मुम्बइ। इण्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष प्रायोजकको घोषणा आज हुँदैछ । नयाँ शीर्ष प्रायोजकसँग सम्झौता १८ अगष्टदेखि ३१ डिसेम्बर २०२० सम्मको लागि मात्र हुनेछ । दावेदारीको प्रतिस्पर्धामा टाटा सन्स कम्पनी सबैभन्दा अगाडि मानिएको छ । यसअघि बलियो दावेदार मानिएको पतञ्जली आयुर्वेद भने दौडबाट बाहिरिएको छ ।

रिलायन्स जियो, बायजू, अन एकेडेमी, ड्रिम इलेभेन जस्ता कम्पनी पनि प्रायोजकको दौडमा छन् । आइपिएल १९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म युएइमा हुँदैछ । बाबा रामदेवले पतञ्जलीले प्रायोजकको लागि लिलामीमा भाग नलिएको र कुनै भारतीय कम्पनी प्रायोजक बन्न अघि नसरेको अवस्थामा मात्र पतञ्जली पायोजकको रुपमा अगाडि आउने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.